घृणायुक्त अभिव्यक्ति नदिऔँ, उत्तेजनापूर्ण व्यवहार नियन्त्रण गरौँ : मानवअधिकार आयोग
काठमाडौं, ९ कात्तिक । राष्ट्रिय मानवअधिकार आयोगले नागरिक अधिकारको सम्मान गर्न र संयमित रहन सबै पक्षलाई आग्रह गरेको छ । आइतबार (कात्तिक ९) एक विज्ञप्ति जारी गर्दै आयोगले देशमा पुनः आयोजना गर्ने भनिएको प्रदर्शनबाट शान्ति सुरक्षा र मानवअधिकारको उपभोगमा उत्पन्न हुन सक्ने अवरोधप्रति ध्यानाकर्षण भएको जनाएको छ । “विगतका केही अभ्यासहरू हेर्दा प्रदर्शनहरू ध्वंसात्मक र हिंसात्मक हुन पुगेको तथ्यलाई ध्यानमा राखी आगामी दिनमा त्यसप्रकारका हिंसात्मक गतिविधि नहोऊन् भन्नेतर्फ सचेत रहँदै प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सबै पक्ष जिम्मेवार हुनु आवश्यक छ,” आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
