SHARE
कालिका खबर · आइबार​ ९ कात्िक २०८२ १०:३७ AM · 1 मिनेट पढाइ

हत्यारा जोगाउने र पीडितलाई तर्साउने खेलमा प्रहरी निरिक्षक सुरेन्द्र यादव

रौतहट । रौतहटको फतुवाबिजयपुर–२ सितलपुर निवासी शंकर साहको हत्या भएको १५ दिनभन्दा बढीभइसकेको भएपनि स्थानीय प्रहरीले हत्यारालाई कारवाही गर्न कुनै चासो नदिएको गुनासो गरेका छन् । मृतकका परिवारले पीडितलाई न्याय दिनुको साटो स्थायी प्रहरीले हत्यारालाई जोगाउने र पीडित परिवारलाई दुखदिने गरेको गुनासो गरेका छन् । मृतकका छोरा सन्तोष साहले फतुवाबिजयपुरका प्रहरी प्रमुख एवं इन्सपेक्टर (प्रहरी निरिक्षक) सुरेन्द्र यादवले हत्यारालाई कारवाही गर्नुको साटो बचाउने खेलमा लागेको बताए । ‘हामीलाई पत्रकार र समाजमाथि विश्वास छ । हामीलाई अरुकेही पनि होइन न्याय चाहियो ।