पासाङ ल्हामु निकोल निक्की अस्पतालको २० औं वार्षिकोत्सव सम्पन्न
काठमाडौ । राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको ३० औं उत्सव र उनकै सम्झनामा स्थापना भएको पासाङ ल्हामु निकोल निक्कि अस्पतालको २० औं वर्षमा प्रवेश गरेको अवसरमा भव्य रुपमा वार्षिकोत्वस कार्यक्रम सम्पन्न भएको छ । वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि स्विर राजदूत दानियल भेरोनिक मोलीले हिमालयको मुटुमा रहेको पासाङ ल्हामु निकोल निक्की अस्पताल स्विस–नेपाली एकताको प्रतीक भएको बताइन् । समुन्द्री सतहबाट झण्डै २ हजार ९ सय मिटर उचाई लुक्लामा रहेको अस्पतालको २० औं वार्षिकोत्सवमा सामेल हुन पाउँदा आफूँले गौरावान्वित महसुस गरेको उनको जिकिर थियो ।
