दार्चुलाका ३३ वडामा अनलाइनबाटै नागरिकता सिफारिस सुरु
दार्चुलाका नौ स्थानीय तहका ३३ वडाले अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस सेवा सुरु गरेका छन्। कुल ६१ वडामध्ये ३३ वडाबाट अनलाइन सिफारिस सुरु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
