सुनकोशी–मरिण ठेक्का रद्दबारे प्रधानमन्त्री कार्यालयको भूमिकामाथि छानबिन गर्न आङ्देम्बेको माग
काठमाडौँ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्ने प्रक्रियामा प्रधानमन्त्री कार्यालयको भूमिकाबारे स्वतन्त्र र निष्पक्ष छानबिन गर्न माग गरेका छन्। मंगलबार सार्वजनिक लेखा समितिले यसबारे सरकारलाई सात बुँदे निर्देशन दिएको थियो। सोही सन्दर्भमा आङ्देम्बेले प्रधानमन्त्री कार्यालयका पदाधिकारीलाई समेत छानबिनको दायरामा ल्याउनुपर्ने माग गरेको उनको सचिवालयले जनाएको छ। उनले आयोजनाका कर्मचारीलाई नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालयमा ‘मानसिक यातना दिइएको र पर्याप्त कानुनी आधारबिना ठेक्का रद्द गरिएको’ भन्दै यस विषयमा छानबिन आवश्यक रहेको बताएका छन्। ‘ठेक्का रद्द गर्ने अधिकार सरकारसँग होला, तर कानुन कुल्चिने अधिकार छैन।