SHARE
कालिका खबर · बिहीबार ११ मंिर २०८३ ०२:४४ AM · 1 मिनेट पढाइ

बेलायतमा स्तन क्यान्सर छिटो पत्ता लगाउने एआईको प्रभावकारिता परीक्षण हुँदै

काठमाडौ । बेलायतमा करिब सात लाख महिलालाई सहभागी गराएर स्तन क्यान्सरको पहिचानमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावकारिता जाँच्ने विश्वकै सबैभन्दा ठूलो क्लिनिकल परीक्षण सुरु हुँदै छ । परीक्षणको मुख्य उद्देश्य एआईले स्तन क्यान्सर प्रारम्भिक चरणमै पहिचान गर्न सक्छ कि सक्दैन भन्ने पत्ता लगाउनु रहेको बताइएको छ । यसका साथै रोग पहिचानको क्षमता बढाउने, स्वास्थ्यकर्मीमाथिको कार्यभार घटाउने र अनावश्यक रूपमा क्यान्सर पहिचान हुने (ओभरडाइग्नोसिस) जोखिम कम गर्ने विषय पनि अध्ययन गरिनेछ । ‘इदिथ’ नाम दिइएको यस परीक्षणमा महिलाहरूलाई सहभागी गराउने प्रक्रिया सुरु भइसकेको छ ।