५० हजार र ५१ हजार बराबरका पटाका बरामद — दुई छुट्टा–छुट्टै कारबाहीमा प्रहरीको सफलता
बारा, ३० असोज। अवैध रूपमा ओसारपसार भइरहेका प्रतिबन्धित पटाका नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय बाराले दुई छुट्टाछुट्टै कारबाही गर्दै करिब १ लाख १ हजार रुपैयाँ बराबरका पटाका बरामद गरेको छ। पहिलो कारबाहीमा, प्रहरी चौकी बरियारपुरबाट प्र.ब.ना.नि. सिकिन्द्र साहको कमाण्डमा खटिएको टोलीले मिति २०८२/०६/२९ गते बेलुका अं.२०:३० बजे महागढीमाई नगरपालिका–१, बारास्थित प्रहरी कार्यालय अगाडि सिम्रौनगढबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ३१२९ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्दा बसको डिकीमा रहेको सुटकेसभित्र लुकाइ–छिपाइ राखिएको १६ बन्डल प्रतिबन्धित पटाका बरामद गरेको हो।
