पर्सामा एक अर्ब ६२ करोड पुँजीका ९६३ घरेलु उद्योग दर्ता
वीरगञ्ज (पर्सा), २९ असोज । गत आर्थिक वर्षमा पर्सामा रु एक अर्ब ६२ करोड ५६ लाख ८५ हजार ५०० लगानी गर्ने भन्दै नौ सय ६३ वटा नयाँ घरेलु उद्योग दर्ता भएका छन् । गत आवमा दर्ता भएका ती घरेलु उद्योगको स्थिरपुँजीतर्फ रु एक अर्ब करोड ७७ लाख नौ हजार ३६० रहेको छ । त्यस्तै चालुपुँजीतर्फ भने रु ६७ करोड ४४ लाख सात हजार पाँच सय ४० रहेको छ ।
