सरकारकाे ३ महिनाको प्रगति : ४२१ निर्णय कार्यान्वयन प्रक्रियामा (पूर्णपाठ)
काठमाण्डु– सरकारले सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सेवा प्रवाह सुधारलाई प्राथमिकता दिँदै निर्धारित लक्ष्यअनुसार तीव्र रुपमा काम अघि बढाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक प्रगति विवरणअनुसार यस अवधिमा मन्त्रिपरिषद्का १६ बैठकबाट ४२१ निर्णय भएका छन्।
