कोशीमा १३ भाषाले पाउँदैछन् सरकारी मान्यता, कात्तिक २५ देखि ऐन लागू
कोशी प्रदेशमा नेपाली भाषासँगै थप १३ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने कानुनी व्यवस्था कात्तिक २५ गतेदेखि कार्यान्वयनमा आउने भएको छ। प्रदेश सरकारले उक्त दिनलाई ‘प्रदेश भाषा दिवस’का रूपमा मनाउने र सरकारी कार्यालयमा दीपावली गर्ने निर्णय गरेको छ। १६औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्तीको अवसर पारेर सरकारी कामकाजको भाषा ऐन, २०८३ कार्यान्वयनमा ल्याउन लागिएको हो।
