गृह मन्त्रालयले किन गर्यो एन–प्याब्सन निलम्बन ? यस्तो छ कारण
गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम दिइएका निर्देशन बारम्बार पालना नगरेको तथा स्वीकृत विधान र संगठनको मूल उद्देश्यविपरीत गतिविधि गरेको भन्दै एन-प्याब्सनलाई निलम्बन गरेको हो।
