SHARE
पर्दाफास · शुक्रबार​ १४ कात्िक २०८३ ०९:४८ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीमा बेपत्ता भएकामध्ये ११२ जनाको शव पहिचान गरी परिवारलाई बुझाइयो

भोटेकोशी तथा कालीगण्डकी करिडोरमा आएको विनाशकारी बाढीपहिरोपछिको खोजी तथा उद्धार कार्यका क्रममा हालसम्म ११२ वटा शवको पहिचान गरी परिवारलाई बुझाइएको नेपाल प्रहरीले जनाएको छ । नदीले बगाएर टाढा पुर्‍याएका शवहरूको खोजीका लागि रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणी (भारत सीमा) सम्म दुवै किनारमा ‘टी टु टी’ (टिमुरे टु त्रिवेणी) विशेष अपरेसन सञ्चालन गरिएको हो ।