भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : प्रचण्ड
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार अन्त्यका लागि विद्यमान निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल मतदाता अधिकार मञ्चले आज बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले आफ्नो पार्टीले खर्चिलो निर्वाचन प्रणाली परिवर्तन गर्न निरन्तर आवाज उठाउँदै आएको बताए ।
