SHARE
अन्नपूर्ण · आइबार​ २६ असो २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

कांग्रेसमा आबद्ध युवाद्वारा पार्टी कार्यालयमा धर्ना, विभागहरूमा ४० प्रतिशत प्रतिनिधित्व हुनुपर्ने माग

काठमाडौं : नेपाली कांग्रेसमा आबद्ध युवाहरूले पार्टीको विभागहरूमा अनिवार्य रूपमा ४० प्रतिशत युवा वर्गको प्रतिनिधित्व हुनुपर्ने भन्दै पार्टीको ध्यानाकर्षण गराएका छन्।  शनिबार पार्टी कार्यालय सानेपामा धर्ना दिँदै उनीहरूले पार्टीको विभागहरूमा अनिवार्य रूपमा ४० प्रतिशत युवा वर्गको प्रतिनिधित्व सुनिश्चित हुने गरी विधान संशोधनको व्यवस्था मिलाउन ध्यानाकर्षण गराएका हुन्।