विवाद भएपछि हँसिया प्रहार गरेर युवकको हत्या, दुईजना पक्राउ
कैलाली : युवकहरूबीच विवाद भएपछि हँसिया प्रहार गरेर एक जनाको हत्या गरिएको छ। घोडाघोडी नगरपालिका-८ जडै बस्ने सुर्खेत चौकुने गाउँपालिका-३ मौरीबन घर भएका २८ वर्षीय केशर सिं बुढाको हत्या हत्या भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार सोही नगरपालिका-८ जडै बस्ने १९ वर्षीय गगन भन्ने गंगा बुढाक्षेत्री समेत २ जना गए राति पक्राउ परेका छन्।उनीहरूले वादविवाद क्रममा हँसिया प्रहार गरी केशरको हत्या गरेको प्रहरीले जनाएको छ।
