देउवालाई कोइरालाको सुझाव– केन्द्रीय समिति विघटन गरेर महाधिवेशनका लागि कार्यवाहक सभापति तोक्नुहोस्
काठमाडौं : नेपाली काग्रेसका नेता डा.शशांक कोइरालाले कार्यवाहक सभापतिको जिम्मेवारी तोक्न पार्टी सभापति शेर बहादुर देउवालाई सुझाव दिएका छन्। शनिबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले केन्द्रीय समिति विघटन गरेर महाधिवेशनका लागि एक जनालाई कार्यवाहक सभापति तोक्न देउवालाई सुझाव दिएका हुन्। कार्यबहाक सभापतिले नियमित महाधिवेशनको मिति तय गर्नुपर्ने आफ्नो व्यक्तिगत भावना रहेको उनको भनाइ छ।
