SHARE
अन्नपूर्ण · आइबार​ २६ असो २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्यो

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २८ गते बस्ने भएको छ।  शनिबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले तयारी अपुग भएका कारण असोज २६ गते निर्धारित केन्द्रीय कार्यसमितिको बैठक दुई दिन पर सार्ने निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। तीन दिनसम्म बसेको कार्यसम्पादन परामर्श समितिसहितको पदाधिकारी बैठकमा पार्टीको महाधिवेशनका विषयमा एकमत हुन नसकेपछि केन्द्रीय समिति बैठक सारिएको हो।