बस र स्कुटर ठोकिँदा एक जनाको मृत्यु
तनहुँ : बस र स्कुटर ठोकिँदा एक जनाको मृत्यु भएको छ। बन्दीपुर गाउँपालिका-४ बिमलनगरस्थित सडकमा ग.१ ख ९७०८ नम्बरको बस र ग.२६ प ९२८७ नम्बरको स्कुटर ठोकिएर शनिबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक गोरखा धार्चे गाउँपालिका-७ बस्ने २८ वर्षीय पनराम गुरुङको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको सीएमसी अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
