रसुवाका तामाङ गोरखामा मृत फेला
गोरखा : गोरखामा काम गर्न आएका रसुवाका छेवाङ नाम्ग्याल तामाङ मृत भेटिएका छन्। चिनियाँ सरकारको सहयोगमा सहिद लखन गाउँपालिका-४ स्थित सिंजाली माविको नयाँ भवन निर्माणमा कार्यरत तामाङ शनिबार बिहान मृत भेटिएका हुन्। गोसाइँकुण्ड गाउँपालिका-३ रसुवाका ३५ वर्षीय तामाङ शनिवार बिहान सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। बिहान अबेरसम्म नउठेपछि प्रधानाध्यापकले प्रहरीमा खबर गरेका थिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
