सुनसरीको झुम्कामा सिटी सफारी चालकको हत्या, गोली प्रहारको आशंका
सुनसरी : सुनसरीको रामधुनी नगरपालिका-२ कर्मनिया टोलमा सिटी सफारी चालकको हत्या भएको छ। शनिबार साँझ सडक छेउमा रगताम्य अवस्थामा सफारी चालकको शव भेटिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार प्र-१-०२-००४ ह ७८०४ नम्बरको सिटी सफारीका चालक रामधुनी-२ का ४५ वर्षीय दिनेशकुमार चौधरी भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गर्दा सवारी साधनदेखि करिब २०० मिटर उत्तरतर्फ रगताम्य अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
