SHARE
अन्नपूर्ण · आइबार​ २६ असो २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

कुमालबस्तीमा पिउने पानीको उपकरण

नुवाकोट : कुमाल समुदायको बसोबास रहेको नुवाकोटको तल्लो पिपल्टारमा पिउने पानीको उपकरणहरू प्रदान गरिएको छ। विदुर नगरपालिका-५ तल्लो पिपलटारमा रहेका कुमाल बस्तीमा खानेपानी सेवा सरल र सहज बनाउनका लागि विदुर नपा कार्यालयले आवश्यक उपकरणसहित पिउने पानीको पाइप प्रदान गरेको हो। विदुर नपाका मेयर राजन श्रेष्ठले कुमाल समुदायको बस्तीमा पुगेर पाइप लगायतका उपकरण हस्तान्तरण गरे। पिउने पानीको सुविधासँगै स्थानीयवासीलाई सुविधा पुगेको र यसलाई दीर्घकालीन र गुणस्तरीय रूपमा कार्य गर्न मेयर श्रेष्ठले सुझाव दिए।