SHARE
पर्दाफास · सोमबार १० कात्िक २०८३ ०४:३६ AM · 1 मिनेट पढाइ

नेपाल–भारत सीमा सुरक्षाबारे काठमाडौंमा उच्चस्तरीय बैठक हुँदै

नेपाल र भारतका सीमा सुरक्षा निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले बुधबारदेखि काठमाडौंमा उच्चस्तरीय बैठक बस्ने भएको छ। बैठकमा नेपालको सशस्त्र प्रहरी बल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) का उच्च अधिकारी सहभागी हुनेछन्। बैठकमा भाग लिन एसएसबीका महानिर्देशक संजय सिंघलको नेतृत्वमा भारतीय टोली मंगलबार नेपाल आइपुग्ने कार्यक्रम छ।