SHARE
Kalo Pati · सोमबार १० कात्िक २०८३ ०४:०५ AM · 1 मिनेट पढाइ

कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर आसपास पुगेपछि नेपालमा पेट्रोलियम पदार्थको आयात लागत र समग्र मूल्यवृद्धिमा दबाब पर्ने जोखिम बढेको छ । पश्चिम एसियामा चर्किएको तनावका कारण तेल आपूर्ति प्रभावित हुने चिन्ता बढेसँगै मूल्य उकालो लागेको हो । सोमबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ११५ डलर आसपास कारोबार भइरहेको छ ।