SHARE
मकालु खबर · शुक्रबार​ २ साउन २०८२ ०१:५८ PM · 1 मिनेट पढाइ

सानिमा बैंकको अनलाइन इ–कम कार्ड टपअप सुबिधा

काठमाडौँ । सानिमा बैंकले इ–कम भिसा कार्ड प्रयोगकर्ताहरूका लागि अनलाइन मार्फत कार्डमा टपअप गर्न मिल्ने सुबिधाको सुरुवात गरेको छ । इ–कम भिसा कार्ड प्रयोगकर्ताहरुले अब आफूलाई पायक पर्ने जुनसुकै समय र स्थानबाट सानिमा युएसडि इकम भिसा कार्डमा टपअप गर्न सक्नेछन् ।