बिहिबारदेखि ३ दिन भारी वर्षाको सम्भावना, २९ जिल्ला प्रभावित हुने
बिहिबारदेखि ३ दिनसम्म नेपालका विभिन्न स्थानमा वर्षाको सम्भावना देखिएको छ । बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि ३ दिनसम्म वर्षा हुने सम्भावना देखिएको हो । यस पटकको वर्षाले २९ जिल्ला बढी प्रभावित हुने अनुमान गरिएको छ । बिहीबार रातिदेखि वर्षा बढ्ने र यो क्रम ३ दिनसम्म जारी रहने अनुमान छ ।
