सुरक्षा जोखिम देखिएपछि हिमालयन बैंकको वेबसाइट र अनलाइन सेवा अस्थायी बन्द
विश्वभर वेबसाइट तथा अनलाइन प्रणाली सञ्चालनमा प्रयोग हुने पीएचपी प्रोग्रामिङ प्रविधिमा गम्भीर सुरक्षा संवेदनशीलताका कारण हिमालयन बैंक लिमिटेडले आफ्नो आधिकारिक वेबसाइट तथा वेबसाइटमार्फत प्रदान गरिने अनलाइन सेवा अस्थायी रूपमा बन्द गरेको छ। विश्वव्यापी रूपमा पीएचपी प्रविधिमा देखिएको सुरक्षा संवेदनशीलताबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै वेबसाइट र अनलाइन सेवा बन्द गरिएको बैंकले जनाएको छ।
