SHARE
पर्दाफास · बिहीबार ६ कात्िक २०८३ ०५:०१ AM · 1 मिनेट पढाइ

सुर्खेतमा भाडाको कोठामा मृत फेला परे युवक

सुर्खेतको वीरेन्द्रनगरमा भाडाको कोठामा बस्दै आएका एक युवक मृत फेला परेका छन् । अछामको रामारोशन गाउँपालिका–५ घर भएका २६ वर्षीय राजेन्द्र रोकाया वीरेन्द्रनगर नगरपालिका–८ स्थित रंगशाला नजिक नवीनकुमार केसीको घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।