SHARE
पर्दाफास · मङगलबार ४ कात्िक २०८३ ०१:०४ PM · 1 मिनेट पढाइ

कात्तिक १३ गतेदेखि तीनदिने काठमाडौँ फिल्म फेस्टिभल हुँदै

काठमाडौं महानगरपालिकाले यही १३, १४ र १५ कात्तिकमा फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ । यही १३ कात्तिकमा वसन्तपुरमा सम्पदा यात्राबाट शुभारम्भ हुने सो फेस्टिभलअन्तर्गत राष्ट्रिय सभा गृह, नेपाल पर्यटन बोर्ड, जय नेपाल सिनेमा घर र तारागाउँमा विभिन्न कार्यक्रम आयोजना हुनेछन् ।