SHARE
पर्दाफास · मङगलबार ४ कात्िक २०८३ ०९:०५ AM · 1 मिनेट पढाइ

जनकपुरधाममा रावण वधको तयारी अन्तिम चरणमा

प्रत्येक वर्ष दशैंको अन्तिम दिन जनकपुरधाममा रावण वध कार्यक्रम आयोजना हुने गर्छ । करिब १० वर्षदेखि निरन्तर दशमीको दिन जनकपुरधामको गंगा सागर र धनुष सागर पोखरीको डिलमा रावणसहित मेघनाथ र कुम्भकर्णको पुतला बनाएर जलाईन्छ । यस वर्ष पनि बुधबार (भोली) रावण वध कार्यक्रम हुन लागेको छ ।