जलवायु सङ्कटसँग जुध्न विश्वव्यापी सहकार्यका लागि सांसद राणाले गरिन् आह्वान
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विदुषी राणाले नेपालले भोगिरहेको जलवायु सङ्कट र प्राकृतिक विपद्का असर न्यूनीकरण गर्न थप सहयोग गर्न अन्तरराष्ट्रिय समुदायलाई आग्रह गरेकी छिन्। नेपाल न्युज बैंकसँग कुरा गर्दै हालै बेलायतको भ्रमण सकेर काठमाडौँ फर्किएकी सांसद राणाले बाढीपहिरोका कारण भएको जनधनको ठूलो क्षति पछि पुनःस्थापना र पुनर्निर्माणका लागि नेपाललाई व्यापक अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताइन्।
