SHARE
पर्दाफास · सोमबार ३ कात्िक २०८३ ११:३६ AM · 1 मिनेट पढाइ

हिलोले लतपतिएको आशा : क्षतिको पीडाबीच स्थायित्वको खोजीमा बाढीपीडित

टिनको छानो भएको कोठाभित्र नाङ्सी तामाङ रातो माटोले भुइँ लिपिरहेकी छन्। माटो सुकेपछि उनी र उनका श्रीमान् सिंहबीर तामाङका लागि बस्न नयाँ घर तयार हुनेछ। गत अगस्ट २६ मा रसुवाको खाल्टेमा रहेको उनीहरूको बस्ती हिउँ, पानी र गेग्रानसहित आएको बाढीले बगाएपछि उनीहरू घरबारविहीन भएका थिए।