SHARE
अन्नपूर्ण · शनिबार २५ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

जापानले नेपाललाई दियो १३२ रनको विजयी लक्ष्य

काठमाडौं : आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत जापानले नेपाललाई १३२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। ओमानको अल अमिरत क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनायो। जापानका लागि कप्तान केन्डेल काडोवकी फ्लेमिङले सर्वाधिक ६० रन बनाए। उनले ४६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। जापानले ३.२ ओभरमा पहिलो विकेट रन आउटको रूपमा गुमायो। ओपनर ब्याटर अभिषेक आनन्द १ रनमै पेभेलियन फर्किए।