SHARE
अन्नपूर्ण · शनिबार २५ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

हमासले भन्यो– २४ घण्टामा गाजामा १७ जनाको मृत्यु भयो

काठमाडौं : इजरायल–हमास युद्धविराम र कैदी रिहाइ सम्झौतामा पुगेका छन्। तर गाजामा मृत्यु हुने क्रम जारी छ।हमास नियन्त्रित गाजा स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा १७ जनाको मृत्यु भएको र ७१ जना घाइते भएको जनाएको छ।मन्त्रालयले अक्टोबर ७, २०२३ देखि जारी द्वन्द्वमा मृत्यु हुनेको संख्या ६७,२११ पुगेको बताएको छ।तर यसबारे इजरायलबाट तत्काल कुनै टिप्पणी आएको छैन।संयुक्त राष्ट्र संघ र मानवीय संस्थाहरूले गाजामा स्वास्थ्य सुविधा र पूर्वाधारहरू गम्भीर संकटमा रहेको बारम्बार चेतावनी दिएका छन्।