रुकुम पूर्वमा जिप दुर्घटना
रुकुम पूर्व : रुकुम पूर्वको भुमे गाउँपालिका–३ जितखोला नजिकै शुक्रबार दिउँसो एक पिकअप जिप दुर्घटना भएको छ ।खाबाङबगरबाट सामान अनलोड गरी सल्यानतर्फ जाँदै गरेको लु२च २९४१ नम्बरको पिकअप जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी लालबहादुर विकले जानकारी दिएका हुन्।दुर्घटनाग्रस्त जिप सल्यान बागचौर नगरपालिका–१ का २८ वर्षीय सरोज बस्नेतले चलाएको प्रहरीले जनाएको छ। जिपमा चालकसहित दुई जना सवार रहेको खुलेको छ भने मानवीय क्षति भने नभएको सूचना अधिकारी विकको भनाइ छ।
