लक्ष्मीनारायण मन्दिरको हुलाक टिकट प्रकाशन
महोत्तरी : ऐतिहासिक धरोहर लक्ष्मीनारायण मन्दिर (मठ)को तस्बिरलाई नेपाल सरकारले हुलाक टिकटको रूपमा प्रकाशन गरिएको छ। सूचना तथा सञ्चारमन्त्री जगदीश पोखरेलले बुधबार हुलाक दिवसको अवसरमा आयोजित एक विशेष समारोहबीच सो तस्बिर अंकित हुलाक टिकटमा टाँचा लगाएपछि प्रचलनमा आएको हो।मटिहानी नगरपालिकाले २०८१ साल असार ११ गते लक्ष्मीनारायण मन्दिरको तस्बिर अंकित टिकट प्रकाशनका लागि हुलाक सेवा निर्देशनालयलाई आग्रह गरेको थियो।
