SHARE
अन्नपूर्ण · शनिबार २५ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

मुख्यमन्त्री सिंहले भने– राजनीतिक छोड्छु, तर संघीयतामाथि प्रहार हुँदैन

जनकपुरधाम : मधेश प्रदेशसभा विघटन गर्न लागेको आरोप लागेपछि मुख्यमन्त्री सतिष कुमार सिंहले जवाफ दिएका छन्। जनमत संसदीय दलका नेता महेश यादवले मुख्यमन्त्री सिंहले मधेश प्रदेशसभालाई विघटन गर्ने षडयन्त्र गरेको आरोप लगाएका थिए। जवाफमा मुख्यमन्त्री सिंहले संघीयता, समावेशी र आफ्नो गल्ती लुकाउन संसद् विघटनको निराधार हल्ला फैलाएको आरोप लगाएका हुन्। मुख्यमन्त्री सिंहले संघीयता धरापमा पर्ने कुनै पनि किसिमको हर्कत स्वीकार्य नहुने बताए।