SHARE
अन्नपूर्ण · शनिबार २५ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

१० ओभरमा नेपालले बनायो ७६ रन

काठमाडौं : आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत नेपालले जापानविरुद्ध १० ओभरमा ७६ रन बनाएको छ। १० ओभरको खेलमा ३ विकेट गुमाउँदै ७६ रन बनाएको हो। जापानले दिएको १३२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले पावरप्लेमा १ विकेट गुमाउँदै ४५ रन बनाएको थियो। नेपालले ४.५ ओभरमा ओपनर ब्याटर कुशल भुर्तेलको विकेट गयो। उनले २१ बलमा३ चौकासहित २१ रन बनाएर क्याच भए। ७.२ ओभरमा नेपालले दोस्रो विकेटको रूपमा आसिफ शेखलाई गुमायो।