SHARE
अन्नपूर्ण · शनिबार २५ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

झापामा स्कुटर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते

झापा : झापाको शिवसताक्षीमा स्कुटर र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा परी दुईजना गम्भीर घाइते भएका छन्। शिवसताक्षी नगरपालिका–१ मन्दिर टोलस्थित भित्री पक्की सडक खण्डमा पाराबारीबाट धरमपुर चौकतर्फ आउँदै गरेको प्र १–०१–०१६ प ९३५८ नम्बरको स्कुटर र विपरीत दिशाबाट जाँदै गरेको प्र १–०२–०४३ प ९४७५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।