SHARE
अन्नपूर्ण · शनिबार २५ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

पौडी खेल्ने क्रममा सुनकोसी नदीमा डुब्दा एक जनाको मृत्यु

सिन्धुली : सिन्धुलीमा पौडी खेल्ने क्रममा सुनकोसी नदीमा डुब्दा एक जनाको मृत्यु भएको छ। जिल्लाको फिक्कल गाउँपालिका–४ खाङसाङबेसीस्थित सुनकोसी नदीमा पौडी खेल्ने क्रममा डुब्दा १७ वर्षीय शिखर ढकालको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता सूर्य प्रकाश सुवेदीका अनुसार शुक्रबार दिउँसो नदीमा पौडी खेल्न गएका ढकाल नदीमा डुबेर बेपत्ता भएका थिए। नदीमा बेपत्ता ढकालको साँझ सोही नदीको दहमा गोताखोर टोलीले शव पेला पारेको प्रहरी प्रवक्ता सुवेदीको भनाई छ।