SHARE
अन्नपूर्ण · शनिबार २५ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

दलहरूको सहभागिताविना निर्वाचन हुँदैन भन्नेमा  सरकार प्रष्ट छ : प्रधानमन्त्री कार्की

काठमाडौं : अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहभागिताविना निर्वाचन नहुने विषयमा सरकार प्रष्ट जानकार रहेको बताएकी छन्। शुक्रबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा उनले स्वतन्त्र निष्पक्ष र भयरहित निर्वाचन गराउन सरकारले शान्ति सुरक्षाको प्रबन्ध गर्ने विश्वास दिलाएकी हुन्।