विपक्षी को भन्दा पनि हामी बलियो पक्ष लिएर सुपर सिक्स खेल्नेछौँ : रोहित पौडेल
काठमाडौं : आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत नेपालले जापानलाई हराउँदै समूह विजेताको रूपमा सुपर सिक्स खेल्ने भएको छ। सुपर सिक्समा एशोसियट राष्ट्रको एल क्लासिको भनेर चिनिने यूएईसँग नेपालले पहिलो खेल खेल्नेछ। नेपाल र यूएईको खेल निकै रोमाञ्चक हुने गर्दछ। यसै जापानलाई पराजित गरेपछि पोष्ट म्याचमा नेपालका कप्तान रोहित पौडेललाई यसबारे प्रश्न गर्दा उनले भने,‘विपक्षी को हुन्छभन्दा पनि हामी हाम्रो बलियो पक्षलाई ध्यानमा राखेर खेल्नेछौँ।
