विराटनगरमा दुर्लभ मोतियाविन्दुको शल्यक्रिया
विराटनगर : विराटनगरमा दुर्लभ खालको मोतियाविन्दुको शल्यक्रिया सफल भएको छ। विराटनगर महानगरपालिका–१५ स्थित रानी आँखा अस्पतालले ४ महिनाकी नवजात शिशुमा देखिएको मोतियाविन्दुको शल्यक्रिया गरेको हो। पहिलोपटक यस्तो दुर्लभ शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ। चिकित्सकका अनुसार नवजात शिशुमा जन्मजात मोतियाविन्दु (कन्जेनिटल क्याटयाक) देखिनुलाई दुर्लभ मानिन्छ। दुर्लभ शल्यक्रियाले कोशी प्रदेशको नेत्र उपचार क्षेत्रमा नयाँ उपलब्धि थपिएको सन्देश प्रवाह भएको अस्पतालले दाबी गरेको छ।
