SHARE
अन्नपूर्ण · शनिबार २५ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

विपद्मा संघीय सरकारले समन्वय नगरेको कोशीका मुख्यमन्त्रीको गुनासो

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाढी र पहिरोजस्ता विपत्तिका बेला संघीय सरकारले कुनै पनि समन्वय नगरेको गुनासो गरेका छन्। संघीय सरकारले राहत, उद्धार र पुनर्निर्माणका क्रममा कुनै पनि समन्वय नगरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्। असोज १८ गतेदेखिको अविरल वर्षाका कारण कोशी प्रदेशमा ठुलो जनधनको क्षति भएको थियो। प्रहरीका अनुसार विपद्मा परेर मृत्यु हुनेको संख्या ४७ पुगेको छ। मृतकमध्ये इलामका मात्रै ३९ जना छन्। यस्तै इलामका एक जना बेपत्ता छन्।