आठ दिन ढिला गरी देशभरबाट मनसुन बाहिरियो
काठमाडौं : यस वर्षको मनसुन आजदेखि नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ। यही असोज २० गतेदेखि बाहिरिन सुरु भएको मनसुन निर्धारित मितिभन्दा आठ दिन ढिला गरी आजदेखि देशभरबाट बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ ।
