श्रीमानको मुख हेर्दै करबाचौथ व्रत मनाइयो
महोत्तरी : शुक्रबार राति अटल सौभाग्यको कामना गर्दै हिन्दु महिलाहरूले करबाचौथ पर्व मनाएका छन्। दिनभरि निर्जल उपवास बसेका व्रतालुहरू रातिको समयमा चन्द्रमा उदय भएसँगै श्रीमानको मुख हेरेर व्रतको समापन गरेका हुन्।हरेक वर्ष कार्तिक कृष्णपक्षको चतुर्थी तिथिका दिन मनाइने गरेको छ। यो पर्वलाई विशेष गरी सौभाग्यवती (पति जीवित भएकी सधवा) स्त्रीहरूले व्रत सम्पादन गरेर मनाउने गर्दछन्।
