SHARE
पर्दाफास · शुक्रबार​ ३० असो २०८३ ०१:१० PM · 1 मिनेट पढाइ

नेपाल प्रिमियर लिगमा डीआरएस प्रविधि भित्र्याउने तयारी, डेढदेखि दुई करोडसम्म खर्च हुने

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) मा निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रविधि प्रयोगमा ल्याउने तयारी गरेको छ । क्यानका सचिव पारस खड्काकाअनुसार यस अत्याधुनिक प्रविधिलाई प्रतियोगितामा समावेश गर्न करिव डेढदेखि दुई करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।