दसैँको मुखमा सुमन कुमारको ‘बालापन’ सार्वजनिक
काठमाडौं । गायक सुमन कुमार वाग्लेको नयाँ गीत ‘बालापन’ सार्वजनिक भएको छ। दसैँको मुखमा सार्वजनिक गरिएको गीतले बाल्यकालका सम्झना, गाउँघरको जीवन र परिवारप्रतिको मायालाई समेटेको छ। गीतमा वैदेशिक रोजगारीबाट गाउँ फर्किएको एक युवाले आफ्नो बालापन सम्झिएको दृश्य प्रस्तुत गरिएको छ।