SHARE
Kalo Pati · मङगलबार २७ असो २०८३ ०७:५३ AM · 1 मिनेट पढाइ

आफूमाथि लागेको आरोपबारे सांसद खगेन्द्र सुनार भन्छन्- ‘एआईबाट बनाइयो’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफ्नो भनेर सार्वजनिक गरिएको अडिओ एआईमार्फत बनाइएको दाबी गरेका छन्। मंगलबार आफ्नो सामाजिक सञ्जालमार्फत भिडिओ र क्याप्सनमार्फत उनले आफूमाथि लागेको आरोप झुटो भएको दाबी गरे। उनले प्रहरी भित्र भएको भ्रष्टाचार विरूद्ध प्रश्न गरेपछि आफूमाथि निरन्तर प्रहार भइरहेको बताए।