SHARE
लोक पथ · मङगलबार २७ असो २०८३ १२:०६ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी प्रभावित ऋणीले असोजमा तिर्नुपर्ने ऋणको किस्ता पुससम्म तिर्न सक्ने

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित ऋणीले ऋणको किस्ता तिर्न थप समय पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बाढीबाट प्रभावित भई ऋणको किस्ता तिर्न कठिनाइ भएका ऋणीलाई असोज मसान्तमा तिर्नुपर्ने किस्ता पुस मसान्तसम्म भुक्तानी गर्न सक्ने व्यवस्था गरेको हो ।