मोहम्द आरिफको अध्यक्षतामा २५ सदस्यीय आम मुस्लिम मोर्चाको उपत्यका कमिटी गठन
काठमाडौं । आम मुस्मिल मोर्चाको काठमाडौं उपत्यका विशेष कमिटी गठन भएको छ । मोहम्द आरिफ शाहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन भएको हो । काठमाडौंको अनामनगरमा आज बसेको उपत्यका विशेष कमिटीको बैठकले फुल मोहम्द मन्सुर इन्चार्च र मोहम्मद आरिफ शाह अध्यक्ष रहने गरी कमिटी गठन भएको मोर्चाका केन्द्रीय अध्यक्ष लालबाबु मन्सुरीले जनाएका छन् । कमिटीको उपाध्यक्षमा ओसी अख्तर मन्सुर, समिम आलम मन्सुर, खैरुल्लाह मन्सुर बडे मिया, सचिवमा सैदन खातुन, अबुलैस मन्सुर, इलियास अन्सारी र कोषाध्यक्षमा इस्लामुल खातुन रहेका छन् ।
